लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै

पाेखरा | चैत १६, २०७९

लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै

पोखरा:    पोखरा महानगरपालिका २७, ३० र ३१ वडामा पर्ने तालचोक– बेगनासताल सडकखण्ड मर्मत नगरेको भन्दै लेखनाथवासीले पैसा संकलन गरेर मर्मत गर्ने भन्दै सांकेतिक विरोध गरेका छन् ।

 
आज (बिहीबार) लेखनाथको तालचोकमा शान्तिपूर्ण आन्दोलनको क्रममा स्थानीयहरुले सडक मर्मत गर्न पोखरा महानगरको मेयर र वडाध्यक्ष विरुद्ध नारा लगाउँदै सडक मर्मत गर्न रुमालमा पैसा संकलन गरेका हुन् । 


स्थानीय सुशील बास्तोलाले तालचोक-बेगनासताल सडकखण्डमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए । 


‘तालचोक–बेगनासताल सडकमा खाल्डाखुल्डी बढी भएका कारण दुर्घटनाको उच्च जोखिम छ, बास्तोलाले भने, ‘लेखानाथ बासीले सडक मर्मत गर्न महानगर र वडा कार्यालयसँग माग गरेपनि सुनुवाई नगरेपनि शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’


उनले आन्दोलनको क्रममा स्थानीयले पैसा संकलन गरेको भन्दै स्थानीयले नै सडक मर्मत गर्ने समेत बताए । 


लेखनाथवासीले महानगर र वडा कार्यालयले सडक मर्मतमा चासो नदिएको भन्दै तालचोकमा बिहान ९ बजेदेखि ११ सम्म शान्तिपूर्ण आन्दोलन गरेका थिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्